काठमाडौं। सांसदहरूले अन्तर्राष्ट्रिय खेलाडीको परिभाषामाथि संशोधनको प्रस्ताव पेश छन्।
कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्ने खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिनुपर्ने मागसहित खेलकुद विधेयकमा संशोधन परेको हो।
संसदको शिक्षा तथा स्वास्थ्य समितिमा खेलकुद विकासको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सांसद जीवनराम श्रेष्ठ लागयतले संशोधन पेश गरेका हुन्।
अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्ने निकायको नाम नै ‘कोट’ गरिनुपर्ने र ओलम्पिक कमिटीको छाताभित्र हुने खेलहरूमा सहभागी खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिनुपर्ने श्रेष्ठको माग छ।
“कुन खेलाडी कुन स्तरको हो भन्ने थाहा पाउन पनि स्तर वर्गीकरण जरुरी छ”, सांसद श्रेष्ठले देखापढीसँग भने, “खेलाडीले आफू-आफू भन्नुभन्दा पनि ‘अफिसियल्ली’ रूपमा मान्यता दिनुपर्छ भन्ने हाम्रो माग हो।”
बैठकमा सांसद सरिता गिरीले राष्ट्रिय, अन्तर्राष्ट्रिय र प्रदेशस्तरमा हुने खेलहरूको संयोजन हुनेगरि कुनै स्पष्ट शब्द राखिनुपर्ने बताइन्।
सांसद रंगमति शाहीले विधेयकमाथि परेको संशोधन के कति आवश्यक छन् त्यसको विषयमा टुंगो लगाएर अरु कुराहरू पछि पनि थप्न सकिने बताइन्।
सांसदहरुको संशोधन प्रस्तावमाथि जवाफ दिँदै युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले देशको प्रतिनिधित्क गर्ने सबै खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिन नसकिने बताए।
“सागमा नेपालको तर्फबाट ६ सय बढी खेलाडीहरू सहभागि थिए। ६ सय खेलाडीहरूलाई नै अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दियौँ भने त्यो कति उपयुक्त हुन्छ?”, हालै सम्पन्न साग प्रतियोगिताको उदाहरण दिंदै उनले भने, “हाम्रो देशको प्रतिनिधित्व स्वभाविक गराउनु थियो, कतिपय अवस्थामा स्तर नपुगेका खेलाडीहरू पनि देशको छनोटमा ‘ए ग्रेड’मा परे। तर, अन्तर्राष्ट्रिय स्ट्याण्डर्डमा त्यो हैसियत नपुगेको खेलाडीलाई कसरी मान्यता दिने? एउटा स्तर त मापन हुनुपर्यो। स्तर मापन गर्ने भनेको मेडल हो।”
विधेयकमाथिको दफावार छलफल भने आज भएको छ। बैठकमा ऐनको नाम राष्ट्रिय खेलकुद विकास ऐन राख्ने विषयमा सहमति जुटेको छ। समिति सभापति जयपुरी घर्तिले नामको विषयमा सहमति जुटेसँगै अर्को बैठक ४ पुसका लागि आह्वान गरेकी छन्।
" /> काठमाडौं। सांसदहरूले अन्तर्राष्ट्रिय खेलाडीको परिभाषामाथि संशोधनको प्रस्ताव पेश छन्।कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्ने खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिनुपर्ने मागसहित खेलकुद विधेयकमा संशोधन परेको हो।

">