नेकपा (क्रान्तिकारी माओवादी)ले ‘कालापानी जाऔं अभियान’ सञ्चालन गर्ने
सिरहा। मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले ‘कालापानी जाऔं अभियान’ सञ्चालन गर्ने भएको छ।

लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपाली भूमि समेटेर भारतले जारी गरेको नयाँ राजनीतिक नक्शाको विरोधमा यो अभियान सञ्चालन गर्न लागिएको नेकपा (क्रान्तिकारी माओवादी)ले जनाएको छ।

सिरहाको गोलबजारमा २६–२९ मंसीरमा बसेको केन्द्रीय समितिको पूर्ण बैठकले नेपाली भूमि समेटेर भारतले जारी गरेको नक्शाको विरोध गरेको छ। बैठकले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ।

गोलबजारमा आज पत्रकार सम्मलेन गर्दै अध्यक्ष वैद्यले पहिलो चरणअन्तर्गत पुसमा पार्टीका जनवर्गीय मोर्चाको बैठक बस्ने, विभिन्न पक्षसँग कार्यगत एकताका लागि छलफल चलाउने र देशका प्रमुख शहरमा विरोध प्रदर्शन गर्ने निर्णय भएको बताए।

वैद्यका अनुसार माघदेखि शुरू हुने दोस्रो चरण आन्दोलनमा देशव्यापीरूपमा पार्टी, संयुक्त मोर्चा, जनवर्गीय मोर्चाको संयुक्त अभियान सञ्चालन गरिनेछ। यस्तै तेस्रो चरणमा ‘कालापानी जाऔं अभियान’ सञ्चालन गरिनेछ।

बैठकमा अध्यक्ष वैद्यले पेश गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित भएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्