ऐतिहासिक अमरगढी किल्ला डडेल्धुरा पुग्ने जोकोहीको सम्झनामा हुन्छ। डडेल्धुराको सदरमुकाम अमरगढीमा रहेको यो किल्ला अहिले सुदूरपश्चिमकै आकर्षकमध्येको पर्यटकीय गन्तव्य पनि हो।

डडेल्धुरामै अमरगढी किल्लाभन्दा निकै पुरानो, वैभव बोकेको अर्को ठाउँ छ।

कुरा अजयमेरु गाउँपालिकामा रहेको अजयमेरुकोट दरबारको हो।

यो अहिलेको दरबार होइन। कुनै बेलाको डोटी राज्यको सिंगो इतिहास बोकेको दरबार हो। कत्युरी राजवंशका राजा अजयपाल देवले ११औं शताब्दीको शुरूतिर यो दरबार निर्माण गरेका थिए।

झण्डै एक शताब्दी पुरानो यो दरबार संरक्षणको अभावमा अहिले जीर्ण बनेको छ। एक किसिमले खण्डहर नै बनेको छ।

यहाँ अब प्राचीन दरबारको भग्नावाशेष मात्र बाँकी छ। नाउला देवल, वीरखम्ब, कलात्मक सिलिङ्ग, राजाको बैठकस्थल सहितका ऐतिहांसिक धरोहरहरु छरिएर रहेका छन्। अजयमेरुकोट दरबारमा रहेका तीन नाउलामध्ये दुई नाउँलाका भग्नावशेष मात्र बाँकी छन्। एक नाउला पानी पिउन प्रयोग भइरहेको छ।

रानीले नुहाउन जाने भनिएको सिँढी (भर्‍याङ) कोट (दरबार)देखि तल खोलासम्म छ। त्यो ठाउँका नाउला र निरोली, रिसेडीकोट वरपर रहेका नाउलाहरूको बनोट उस्तै–उस्तै देखिन्छ।

राजा निरयपाल देवका ताम्रपत्र र विसं १४१९ सम्मका लेखोटहरू रहेको यो अजयमेरुकोट रैका राजवंशका नागी मल्लले विसं १४४१ मा कब्जा गरेपछि भने रैका राजा नागी मल्लको कोटको रूपमा समेत चिनिन थालेको थियो।

यो ठाउँमा त्यसबेला युद्ध वा केही विपत् आइलाग्दा सुरक्षित स्थानतर्फ जानका लागि दरबारभित्रैबाट बनाइएको ४ किलोमिटर लामो सुरुङ मार्ग पनि छ। त्यो सुरुङ अहिले गुफाका रूपमा गणिका नदीसम्म निस्कन्छ।

यहाँ १३औं शताब्दीका अद्भूत कलाकृति, ठूल्ठूला ढुंगा काटेर बनाइएका दरबारका अवशेष अहिले पनि देख्न सकिन्छ। अजयमेरुकोटबाट शासन गरेका डोटेली राजाहरूले सो क्षेत्रमा निर्माण गरेका देवलहरू, स्नान घर र पानी पँधेरोको आकर्षक ढुंगेकला समेत हेर्नलायक छ।

पृथ्वीनारायण शाहले शुरू गरेको नेपाल एकीकरण अभियानसँगै ३१ भदौ १८४७ मा सेती नदी किनारमा गौर्खाली फौजसँग डोटेली राज्यको सेना पराजित भएपछि डोटी राज्य बृहत नेपाल राज्यभित्र समाहित भएको थियो।

त्यसयता नै यो कोट ओझेलमा पर्दै गयो।

पुरातत्व विभागले राष्ट्रिय सम्पदा सूचीमा राख्नका लागि पहल गरिरहेको अजयमेरुकोटमा रहेका ऐतिहासिक र कलात्मक मूर्ति भने चोरी भइसकेका छन्।

नेपाल एकीकरण अभियानमा पश्चिम विजय गर्ने सामरिक अमरगढी किल्लादेखि यो ठाउँ मात्र सात किलोमिटर दूरीमा छ।

संरक्षण र मर्मतमा ध्यान दिने हो भने अजयमेरुकोट इतिहास बुझाउने ज्यूँदो स्थान मात्र होइन, सुदूरपश्चिमको घुम्न र अध्ययन गर्नलायक ऐतिहासिक गन्तव्य पनि बन्न सक्छ।

" /> ऐतिहासिक अमरगढी किल्ला डडेल्धुरा पुग्ने जोकोहीको सम्झनामा हुन्छ। डडेल्धुराको सदरमुकाम अमरगढीमा रहेको यो किल्ला अहिले सुदूरपश्चिमकै आकर्षकमध्येको पर्यटकीय गन्तव्य पनि हो।

"> शताब्दीऔं पुरानो धरोहरको दुःखको कथा : Dekhapadhi
शताब्दीऔं पुरानो धरोहरको दुःखको कथा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्