शौचालयमा लडेर युवकको मृत्यु
कैलाली। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा शौचालयमा लडेर एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार धनगढी वडा नम्बर ३, केदारटोल बस्ने ३१ बर्षीय रोशन बमको शौचालयमा लडेर मृत्यु भएको हो।

३० मंसीर साँझ शौचालय गएका रोशन लामो समयसम्म नफर्किएपछि परिवारका सदस्यले शौचालय खोलेर हेर्दा बेहोस अवस्थामा भेटाएका थिए। उनको उपचारका क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

उनले पोस्टमार्टमपछि मात्र मृत्युको एकिन कारण खुल्ने बताए।

परिवारका सदस्यहरुले भने हृदयघातका कारण मृत्यु भएको हुनसक्ने बताएका छन्। विवाहित रोशनको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्