विभिन्न कसुरमा १३६ विदेशी निष्कासित
<p>काठमाडौँ। पछिल्लो आठ महिनामा १३६ विदेशी नागरिकलाई नेपालबाट निस्कासन गरिएको छ।</p>
<p>नेपाल आई विभिन्न गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई निस्कासन गरिएको अध्यायगमन विभागले जनाएको छ। विभागअनुसार उनीहरूलाई २०७७ साउनदेखि फागुन मसान्तसम्मको अवधिमा निस्कासन गरिएको हो। </p>
<p>यसरी निस्कासन हुनेमा नेपालमा ओभरस्टे, विदेशी मुद्रा अपचलन, बैंकिङ कसूर, लागुऔषधलगायत कसुर गरेकाहरू धेरै छन्। निस्कासित हुनेमा चिनियाँ नागरिकको सङ्ख्या ठूलो छ।</p>
प्रतिक्रिया दिनुहोस्