बैंकबाट रकम चोर्ने गिरोहका १ हजार ३०० बैंक खाता  <p>काठमाडौं। हस्ताक्षर कीर्ते गरेर बैंकहरुबाट रकम चोर्ने गिरोहले बैंकमै एक हजार ३०० भन्दा धेरै खाता खोलेको खुलासा भएको छ।</p> <p>बैंक तथा वित्तीय संस्थामार्फत् रकम चोर्न ती बैंकमा रहेका व्यक्तिका गोप्य विवरण र हस्ताक्षर चोर्ने गरेको समूहले सिन्धुपाल्चोक, धादिङ, काभ्रे, काठमाडौं, भक्तपुर, पर्वत, बागलुङलगायत जिल्लाका व्यक्तिका नाममा खाता खोलेको भेटिएको हो।&nbsp;</p> <p>आजको कान्तिपुर दैनिकमा प्रकाशित समाचारअनुसार तत्कालीन जनता बैंको बानेश्वर र न्युरोड शाखाबाट अपरिचित व्यक्तिले गोपालमान राजबाहकका नामबाट १९ लाख ९९ हजार रुपैयाँ चोरेका थिए। यही घटनाको अनुसन्धान गर्ने क्रममा विभिन्न १९ वटा बैंक तथा वित्तीय संस्थामा शंकास्पद खाता खोलिएको पत्ता लागेको हो।</p> <p>यीमध्ये ३३० खाताको पहिचान भए पनि अन्यको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्