गुप्तचरलाई जन्मकैदसम्मको सजाय प्रस्ताव <p>काठमाडौं। मुलुकको गुप्तचर संयन्त्र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले निषेधित काम गरेमा सात वर्षदेखि जन्मकैदसम्मको सजाय हुनेगरी कानूनी व्यवस्था गर्न लागिएको छ।&nbsp;</p> <p>गुप्तचर संयन्त्रलाई प्रभावकारी र विभागलाई नियमन र सञ्चालन गर्न ल्याइएको नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको हो।&nbsp;</p> <p>नेपाल समाचारपत्रमा प्रकाशित समाचारअनुसार अति गोप्य सूचना, इन्टेलिजेन्स प्रतिवेदन, अति गोप्य कागजात कुनै प्रलोभनमा परी बेचबिखन गरी गोप्यता भंग गरेमा, आफ्नो जिम्मामा रहेका हातहतियार लिई भागेमा वा दुरुपयोग गरेमा जन्मकैदसम्म हुने प्रावधान विधेयकमा प्रस्ताव गरिएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्