जर्मनीमा अप्रिल १८ सम्म लकडाउन <p>काठमाडौं। जर्मनीमा कोरोना संक्रमण रोकथामका लागि अप्रिलमध्यसम्म लकडाउन बढाइएको छ। नजिकै आएको पर्व इस्टरमा सार्वजनिक स्थलमा भेला हुनसमेत रोक लगाइएको छ।</p> <p>मंगलबार त्यहाँका १६ राज्यका गभर्नरसँग चान्सलर एन्जेला मर्केलले भिडियो कन्फ्रेन्समार्फत् मार्च २८ सम्म लगाइएको लकडाउन बढाएर अप्रिल १८ सम्म लम्ब्याइएको बताएकी हुन्।&nbsp;</p> <p>&ldquo;हामी अहिले कोरोनाको नयाँ प्रकारसँग जुधिरहेका छौं,&rdquo; उनले भनिन्, &ldquo;यो अधिक घातक र संक्रामक छ।&rdquo;</p> <p>एजेन्सी</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्