नीति निर्माणमा महिलाको प्रभावकारी सहभागिताले मात्र समावेशी विकास <p>काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महतोले सार्वजनिक जीवन तथा नीति निर्माणमा महिलाको पूर्ण र प्रभावकारी सहभागिताले समावेशी, समानता र न्यायसंगत समाज निर्माण गर्ने नेपालको विकासप्रतिको चाहनालाई पूरा गर्ने बताएकी छन्।&nbsp;</p> <p>आज &lsquo;कमिसन अन द स्टाटस अफ वोमन&rsquo;को ६५औं सत्रलाई सम्बोधन गर्दै उनले महिलाहरुको प्रभावकारी सहभागितामा संरचनात्मक बाधा तथा चुनौतीका बारेमा पनि धारणा राखेकी थिइन्।</p> <p>उनले समानता तथा महिला सशक्तिकरणका क्षेत्रमा नेपालका प्रमुख उपलब्धिबारे प्रकाश पारेकी थिइन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्