प्रकोप नियन्त्रण गर्न इयूले साढे एक अर्ब दिने
<p>काठमाडौं। युरोपेली युनियन (इयू)ले नेपाल, फिलिपिन्स र केही दक्षिणपूर्व एसियाली राष्ट्रमा प्रकोप नियन्त्रण तथा मानवीय सहायतास्वरुप एक करोड १० लाख युरो (करिब डेढ अर्ब रुपैयाँ) दिने घोषणा गरेको छ। </p>
<p>युरोपेली आयोगले उक्त सहायताको घोषणा गरेको हो। आयोगका अनुसार छुट्याइएको रकममध्ये ९० लाख युरो प्रकोप नियन्त्रण र २० लाख युरो मानवीय सहायता स्वरुप उपलब्ध गराइनेछ । </p>
<p>इयूले सन् २००१ यता मानवीय सहायतास्वरुप नेपाललाई १० करोड ७० लाख युरो (१४ अर्ब ६८ लाख रुपैयाँ) उपलब्ध गरिसकेको छ।</p>
प्रतिक्रिया दिनुहोस्