भारतीय मूलका डाक्टरलाई अमेरिकामा कोरोना नियन्त्रणको जिम्मा
<p>काठमाडौं। अमेरिकाको सिनेटबाट सर्जन जनरल पदमा चुनिएका भारतीय मूलका चिकित्सक विवेक मूर्तिलाई अमेरिकामा कोरोना भाइरस नियन्त्रण गर्ने जिम्मेवारी दिइएको छ। </p>
<p>जितपछि डा.मूर्तिले ट्विटमा भनेका छन्, ‘‘मेरो प्राथमिकता कोरोना नियन्त्रण गर्नु हो। मलाई सर्जन जनरलमा चुनेर पुनः देशको सेवा गर्ने अवसर दिएकोमा आभारी छु।’’</p>
<p>सिनेटमा उनको पक्षमा ५७ र विपक्षमा ४३ मत परेको थियो। डा.मूर्तिलाई २०१७ मा ट्रम्पले पदबाट हटाएका थिए।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्