काभ्रेका १३ स्थानीय तहलाई २६ करोड विनियोजन
काभ्रेपलाञ्चोक। जिल्ला समन्वय समितिले काभ्रेका १३ वटा स्थानीय तहलाई दुई करोड रुपैयाँका दरले बजेट बाँडफाँड गरेको छ ।
तत्कालीन जिल्ला विकास समितिको आन्तरीक कोषमा रहेको ४३ करोडबाट स्थानीय तहलाई यस आर्थिक वर्षमा प्रशासनिक भवन निर्माणको लागि बजेट वितरण गरिएको हो।
जिल्ला समन्वय समितले आफ्नो भवन निर्माणका लागि भने चार करोड विनियोजन गरेको छ।
काभ्रेका सात गाउँपालिकाको आफ्नै प्रशासनिक भवन छैन ।
केही गाउँपालिका भाडामा बसेका र केहीले आफ्नै जग्गामा अस्थायी संरचना बनाएर बसेकाले आफ्नै भवन नहुँदा नागरिकको काममा असहजता देखिएकाले बजेट विनियोजन गरिएको जिसस प्रमुख केसीले बताए।
केसीले तत्कालीन जिविसद्वारा सञ्चालित अधुरा योजना पूरा गर्न पनि सोही कोषबाट बजेट विनियोजन गरिएको छ।
जिल्ला सभाले स्थानीय तहका भवन निर्माणसँगै खानेपानी योजनाका लागि तीन करोड, शैक्षिक गतिविधिका लागि दुई करोड ४० लाख, स्वास्थ्यका लागि दुई करोड ४० लाख, कर्मचारी दायित्वमा दुई करोड बाँडफाँड गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्