नेकपा स्थायी समिति: राजनीतिक प्रतिवेदन र विधान संशोधनबारे छलफल जारी

काठमाडौं। २९ मंसीरदेखि जारी सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) स्थायी समितिको बैठक आज तेस्रो दिन पनि जारी छ।

नेकपा अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको परामर्शमा अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा आजको बैठकमा सदस्यहरूले धारणा राख्‍ने क्रम निरन्तर रहेको नेकपाका कार्यालय सचिव इश्वरी रिजालले जानकारी दिए।

नेकपा स्थायी समिति बैठकको दोस्रो दिन ३० मंसीरमा हरेक सदस्यलाई २० मिनेट बोल्न समय दिइएको थियो।

सो क्रममा अध्यक्ष दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन र महासचिव पौडेलको विधान संशोधन प्रस्तावउपर बामदेव गौतम, अष्टलक्ष्मी शाक्य, भीम रावल, युवराज ज्ञवाली, छविलाल विश्वकर्मा, गणेश शाह, योगेश भट्टराई, पम्फा भुसाल, मुकुन्द न्यौपाने, अग्नि सापकोटा, देवेन्द्र पौडेल र देव गुरुङले धारणा राखेका थिए।

स्थायी समिति बैठकको तेस्रो दिन आज पनि संगठन सुदृढीकरण तथा सरकारको कामलाई प्रभावकारी बनाउनसमेत सदस्यहरूले आ-आफ्ना सुझाव राख्ने कार्यसूची छ।

नेकपाको स्थायी समिति बैठक एक वर्षपछि बसेको हो।

स्थायी समिति ४५ सदस्यीय छ।

प्रतिक्रिया दिनुहोस्