भारतमा एस्ट्राजेनेका खोपको निर्यातमा अस्थायी रोक <p>काठमाडौं। भारतले अक्सफर्ड&ndash;एस्ट्राजेनेका खोपको सबै निर्यातमा अस्थायी रोक लगाएको छ ।</p> <p>&nbsp;कोरोनाभाइरस संक्रमितको संख्या बढिरहेकाले आगामी साताहरूमा घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने भन्दै निर्यातमा रोक लगाइएको हो ।&nbsp;</p> <p>भारतको यो कदमले अप्रिलको अन्त्यसम्म आपूर्तिमा असर गर्ने अनुमान गरिएको छ । यसले कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर गर्नसक्ने सम्भावना छ।</p> <p>डब्लुएचओको नेतृत्वमा रहेको योजनाले सबै देशहरूमा खोप निष्पक्षरूपमा बाँड्ने उद्देश्य राखेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्