भारतमा दुई पटक उत्परिवर्तित कोरोनाभाइरसको नयाँ प्रकार
<p>काठमाडौं। भारतका १८ वटा राज्यबाट संकलित नमुना परीक्षणमा ‘डबल म्युटेन्ट’ अर्थात् दुई पटक उत्परिवर्तित कोरोनाभाइरसको नयाँ प्रकार फेला परेको छ । </p>
<p>दश हजार ७८७ नमुना परीक्षण गर्दा ७३६ जनामा यूके भेरिएन्ट, ३४ जनामा दक्षिण अफ्रिकी र एक जनामा ब्राजिली भेरिएन्ट देखिएको हो।</p>
<p>भारतमा पछिल्ला दिनमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेकोबेला यो तथ्यांक आएको हो । तर सरकारले नयाँ प्रकार र पछिल्लो संक्रमणदरबीच सम्बन्ध नदेखिएको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्