पाकिस्तानी पूर्वराष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको फैसला

काठमाडौं। पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफलाई त्यहाँको उच्च अदालतले मृत्युदण्डको फैसला सुनाएको छ।

लाहोर उच्च अदालतको तीन सदस्यीय कमिटीले देशद्रोहको अभियोगमा उनलाई मृत्युदण्डको फैसला सुनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

मुशर्रफ भने अहिले दुबईमा आफ्नो स्वास्थ्यउपचार गराइरहेका छन्।

उनले केहीदिन पहिले एक भिडिओे सार्वजनिक गर्दै आफनो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए।

उनले आफूमाथि लगाइएको आरोप निराधार रहेको बताउँदै आएका छन्।

लाहोर उच्चअदालतका प्रधानन्यायधीश वकर अहमद सेठको नेतृत्वको इजलाशले पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफलाइ मृत्युदण्डको आदेश सुनाएको हो।

प्रतिक्रिया दिनुहोस्