शिक्षा मन्त्रालयले शैक्षिक संस्थाहरूलाई भन्यो– भीडभाड हुने कार्यक्रम नगर <p>काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा आज कोभिड&ndash;१९ ले विद्यार्थीको स्वास्थ्य र शिक्षण संस्थाका क्रियाकलापमा पार्नसक्ने प्रतिकूल असरका विषयमा छलफल भएको छ।</p> <p>वर्तमान परिस्थितिमा सरोकारवालाहरूले सजग र सचेत रही सावधानीपूर्वक परिस्थितिको विश्लेषण गरी शिक्षण संस्थाका क्रियाकलापहरू सञ्चालन गर्नुपर्ने निचोड बैठकले निकालेको छ।</p> <p>शिक्षण संस्थाहरूमा सभासमारोह, वार्षिकोत्सवजस्ता भीडभाड हुने कार्यक्रमहरूको आयोजना नगर्न बैठकले अनुरोध गरेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्