काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीन महीने ‘ट्राफिक उज्यालो अभियान’ शुरू गरेको छ।
समुदाय–प्रहरी साझेदारी अन्तर्गत ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले अभियान थालिएको जनाएको छ।
आज महाशाखा परिसरमा कार्यक्रमको आयोजना गरेर अभियान शुरू गरेको हो।
अभियानको शुरूआत गर्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत जनचेतनाको लागि सडक सुरक्षा कार्यक्रम अजेण्डाको रूपमा रहेको चर्चा गर्दै यस अभियान कार्यान्वयनको लागि सरोकारवाला निकायहरूको सहकार्य अतुलनीय हुने बताए।
उनले मानविय त्रुटिमा कमी ल्याई सवारी दुर्घटना न्यूनीकरण गर्न अभियान सफल बनाउनुपर्ने धारणा राखे।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला, अखिल नेपाल यातायात मजदुर संगठनका अध्यक्ष सोम तामाङ र हिसानका कार्यबाहक अध्यक्ष युवराज शर्माले अभियान सार्थक बनाउन सबैको भूमिका अपरिहार्य हुने धारणा राखे।
महानगरीय ट्राफिक प्रहरी माहाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक, भीमप्रसाद ढकालले अभियानका बारेमा जानकारी दिएका थिए।
सडक प्रयोगकर्ता, पैदलयात्री, चालक/सहचालक, स्कुल÷कलेजका विद्यार्थीहरूको सहकार्य र सक्रिय सहभागितामा ट्राफिक नियम सम्बन्धी चेतना अभिवृद्धि गरी उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सुधार गर्ने उद्देश्यले अभियानको रहेको छ।
ट्राफिक सचेतना अवधारणालाई आमनागरिकसम्म पु¥याउने, ट्राफिक नियम पालना तथा सडक अनुशासन विषयलाई स्वतः आम प्रवृत्तिको रुपमा विकास गर्ने, सडक प्रयोगकर्ताहरूसँगको सम्बन्ध, सहयोग र सहकार्य अझै बढाउने, सडक दुर्घटनालाई न्यूनीकरण गरी धनजनको क्षति कम गर्ने उद्देश्य रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। महाशाखाका अनुसार ‘समुदाय–प्रहरी साझेदारी’ अवधारणालाई नागरिकमैत्री बनाउँदै जनविश्वास आर्जन गर्ने र काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा थप सुधार ल्याउने समेत अभियानको प्रमुख उद्देश्य रहेको छ।
तीन महीनामा एक लाख जनालाई सचेतना गराउने लक्ष्य राखिएको छ।
पर्चा, पम्पलेट, स्टिकर वितरण र श्रव्यदृश्य प्रदर्शनीमार्फत् ट्राफिक नियमबारे सचेतना दिने, सरकारी, सार्वजनिक भाडा र नीजि क्षेत्रका चालकहरूलाई पायक पर्ने ठाउँमा सचेतना कक्षा लिने तथा स्कुल–कलेजका विद्यार्थीहरूलाई कलेज÷विद्यालयमै गएर कक्षा लिने अभियान अन्तर्गत कार्ययोजना रहेको छ।