१७ किलो लागूऔषध चरेशसहित तीनजना पक्राउ

काठमाडौं। प्रहरीले मकवानपुर र बर्दियाबाट १७ किलो अवैध लागूऔषध चरेशसहित तीनजनालाई पक्राउ गरेको छ।

हेटौंडा उपमहानगरपालिका- १९ बाट अवैध लागूऔषध गाँजा दुई किलोग्रामसहित भारत बिहार बेतिया बस्ने ३८ वर्षीय रफिम आलमलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले मनहरीबाट हेटौंडातर्फ छुटेको गरेको बिआर २२ डि २५१६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार आलमलाई पक्राउ गरेको हो।

यस्तै, बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध चरेश १५ किलोग्रामसहित २ जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङ फुस्रेखाली बस्ने रोल्पा नगरपालिका–६ कोर्चावाङ घर भएका २३ वर्षीय सजिन बिक र उनकै श्रीमती २४ वर्षीया निर्मला बुढामगर रहेका छन्।

प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूले उक्त परिमाणको लागूऔषध नेपालबाट भारततर्फ लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्