गुठी संस्थानका प्रमुख प्रशासक र उपप्रशासक पक्राउ

काठमाडौं। गुठी संस्थान प्रधान कार्यालय, त्रिपुरेश्वरका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मी पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज चौधरी र रेग्मीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

चौधरी र रेग्मीले सम्बन्धी गुठी संस्थानमा चलिरहेको जग्गा सम्बन्धी विवादमा दुवै पक्षबाट रकम असुलेको आरोप छ। उनीहरूले कति रकम असुलेका थिए भन्ने खुलिसकेको छैन।

तर, एउटा पक्षलाई आठ लाख रूपैयाँ फिर्ता गरेपछि परेको निवेदनका आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्