मृतक ७ वर्षे बालिकाका अभिभावक सेनाबाट मारिने डरले लुके
<p>काठमाडौं। म्यानमारको सुरक्षा फौजबाट मंगलबार मारिएकी सात वर्षे बालिकाको अभिभावकहरु आपूहरु पनि मारिने डरले लुकेका छन्। </p>
<p>म्यानमारी सुरक्षा फौजले मार्ने डरले आपूmहरु घर छोडेर लुक्न बाध्य भएको उनीहरुले अन्तर्राष्ट्रिय मिडियाहरुलाई बताएका छन्। </p>
<p>गत मंगलबार सात वर्षे खिन म्यो चिटलाई म्यानमारको सुरक्षा फौजले बुबाको काखमा रहेको बेला मारेको थियो। </p>
<p>बालिकाको हत्यालाई लिएर म्यानमारी सेनाको विश्वभर आलोचना भएको छ भने राष्ट्रसंघका विज्ञले आपत्कालिन बैठक बोलाउन आग्रह गरेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्