चीनमा विदेशी लत्ताकपडा प्रतिबन्ध
<p>काठमाडौं। चीनमा एचएन्डएमका कपडा तथा जुत्ता प्रतिबन्धित गरिएको छ। </p>
<p>चिनियाँ सरकारी टेलिभिजन च्यानलका अनुसार पश्चिमा मुलुकले चीनको सिनजियाङमा मानवअधिकार उल्लंघन भएको आरोप लगाएपछि यो कदम चालिएको हो।</p>
<p>सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीले स्वेडिस कम्पनी एचएन्डएमको आलोचना गरेको छ। </p>
<p>पार्टीको अखबार ग्लोबल टाइम्सले बर्बेरी, एडिडास, नाइकी, न्युब्यालेन्स र जारा कम्पनीले जारी गरेको विज्ञप्तिको खण्डनसमेत गरेको छ।(एपी)</p>
प्रतिक्रिया दिनुहोस्