काठमाडौं। गत सिजन पुछारमा रहेर लिगको अन्त्य गरेको न्युरोड टीम (एनआरटी)ले आज सरस्वती युथ क्लबमाथि ४–० को नतिजा निकाल्दै शहीद स्मार ‘ए’ डिभिजन लिगको नयाँ सिजनमा दमदार शुरूआत गरेको छ।
तीन विदेशी खेलाडी खेलाएको एनआरटीले शुरूबाटै सरस्वतीमाथि दबाब सिर्जना गरेको थियो। ३५औं मिनेटमा जुनियर अनगुएन निकेनगुएले गरेको गोलमा एनआरटीले अग्रता लियो। कप्तान प्रकाश बुढाथोकीको कर्नरलाई निकेनगुएले हेडमार्फत पोष्टको दिशा दिएका थिए।
पहिलो हाफमा १–० गोलको अग्रता बनाएको एनआरटी दोस्रो हाफमा थप आक्रमक बन्योे। ६९औं मिनेटमा सरोज तामाङले एनआरटीको अग्रता दोब्बर बनाए। एरिक विष्टको फ्रिकीकलाई पेनाल्टी क्षेत्रमा रहेका सरोजले हेडमार्फत गोल गरे। सरस्वतीका दिपक भुसालले तपन कार्कीलाई फाउल गरेपछि एनआरटीले फ्रिकिक पाएको थियो।
८१औं मिनेटमा सरोजले व्यक्तिगत दोस्रो गोल गरे। नविन गुरुङले हानेको प्रहार राम्रोसँग क्लियर नभएको बलमा सरोजले बायाँ खुट्टाले हानेको सशक्त प्रहार सरस्वतीका गोलकिपर विष्णुकुमार केसीले ठम्याउन सकेनन्।
अन्तिम मिनेटमा जोर्डन एनडेम्बा ओओनाले अर्को गोल थपेपछि राजुकाजी शाक्यको एनआरटी लिगमा शानदार शुरूआत गर्न सफल भयोे। वर्षात गुरुङले गरेको गल्तिको फाइदा उठाउँदै ओओनाले तीन विपक्षी रक्षकको बीचबाट गोल गरेका थिए।
गत सिजन महेश्वर मुल्मीको प्रशिक्षणमा खेलेको एनआरटीले यसपटक भने राजुकाजी शाक्यलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। राष्ट्रिय टीमका पूर्वप्रशिक्षक शाक्यले गत सिजन च्यासल युथ क्लब सम्हालेका थिए।
गत सिजन एन्फाले रेलिगेशनको प्रावधान हटाएको थियो। लिगको मुल मर्म हटाएर एन्फाले पुछारमा रहने दुई टोलीको नयाँ सिजनमा क्रमशः २ र १ अंक घटाउने निर्णय गरेको थियो। त्यसैले एनआरटीले तीन अंक जोडे पनि गत सिजन पुछारमा रहेर लिगको अन्त्य गरेका कारण २ अंक घट्नेछ। सरस्वती भने गत सिजन नवौं स्थानमा थियो।
५२औं मिनेटमा ओओनाले एनआरटीको अग्रता दोब्बर बनाउने मौका गुमाएका थिए। प्रकाश बुढाथोकीले हानेको लामो प्रहार सरस्वतीका गोलकिपर विष्णुकुमार केसीले राम्रोसँग नियन्त्रणमा लिन सकेका थिएनन्। राम्रोसँग क्लियर नभएको अवस्थामा एनआरटीका ओओनाले बल पाएका थिए। तर, उनले खाली पोष्टमा गोल गर्न सकेनन्। पेनाल्टी क्षेत्रबाट ओओनाले हानेको प्रहार आकाशिएको थियो।
लिगमा आज दोस्रो खेलमा नेपाल पुलिस र हिमालयन शेर्पा क्लबले प्रतिस्पर्धा गर्नेछन्। नेपाल पुलिस गत सिजन छैटौं स्थानमा थियो भने हिलमालयन शेर्पा सातौं स्थानमा थियो।
" /> काठमाडौं। गत सिजन पुछारमा रहेर लिगको अन्त्य गरेको न्युरोड टीम (एनआरटी)ले आज सरस्वती युथ क्लबमाथि ४–० को नतिजा निकाल्दै शहीद स्मार ‘ए’ डिभिजन लिगको नयाँ सिजनमा दमदार शुरूआत गरेको छ।तीन विदेशी खेलाडी खेलाएको एनआरटीले शुरूबाटै सरस्वतीमाथि दबाब सिर्जना गरेको थियो। ३५औं मिनेटमा जुनियर अनगुएन निकेनगुएले गरेको गोलमा एनआरटीले अग्रता लियो। कप्तान प्रकाश बुढाथोकीको कर्नरलाई निकेनगुएले हेडमार्फत पोष्टको दिशा दिएका थिए।

">