म्यानमारमा सुरक्षा फौजबाट कम्तिमा ३२० जना मारिए, २० जना बालबालिका <p>काठमाडौं। म्यानमारमा सुरक्षा फौजले लोकतन्त्रको माग गर्दै प्रदर्शनमा उत्रेका ३२० जना सर्वसाधरणको हत्या गरेको छ।&nbsp;</p> <p>म्यानमारी सुरक्षा फौजले उनीहरुलाई गोली हानी मारेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्।</p> <p>मारिएकामध्ये २० जना बालबालिका रहेका छन्, जसमध्ये एक जना सात वर्षे बालिकाको गत मंगलबार म्यानमारी सुरक्षा फौजले हत्या गरेको थियो।&nbsp;</p> <p>सन् २०२१ फेव्रुअरी १ मा म्यानमार सेनाले &lsquo;कू&rsquo; गरेपछि त्यहाँ लोकतन्त्रको माग गर्दै जनताले निरन्तर प्रदर्शन गरिरहेका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्