११ वर्षमा ६७ लाख पासपोर्ट जारीः प्रत्येक वर्ष ६ लाखभन्दा बढी <p>काठमाडौं। परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले पछिल्लो ११ वर्षको अवधिमा कूल ६७ लाख मेसिनले पढ्न सक्ने पासपोर्ट (एमआरपी) जारी गरेको छ।</p> <p>औषतमा विभागले प्रत्येक वर्ष ६ लाख ९ हजार ९० भन्दा बढी पासपोर्ट जारी गर्दै आएको छ।&nbsp;</p> <p>सरकारले सन् २०१० डिसेम्बर २६ बाट हस्तलिखित पासर्पोट बन्द गरी एमआरपी जारी गर्न सुरु गरेको थियो। त्यसपछि हालसम्मको अवधिमाम ६७ लाख थान एमआरपी जारी भएका हुन्।&nbsp;</p> <p>विभागले दुई पटक गरी फ्रान्सको ओबर्थर कम्पनीसँग ७० लाख थान एमआरपी खरिद र जारी गर्ने सम्झौता गरेको थियो। सम्झौता अनुसार अब तीन लाख पासपोर्ट जारी गर्न बाँकी रहेका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्