कैलाली। तालिमका क्रममा काठको मुढा लागेर डोटीमा कार्यरत नेपाली सेनाका हवल्दारको मृत्यु भएको छ।
दिपायल पृतनामा रहेको गुरुबक्स गुल्ममा कार्यरत लाँलीकाँडा गाउँपालिका–६ दैलेखका ३५ वर्षीय जगतजंग थापाको मृत्यु भएको हो।
३० मंसीर बिहान ब्यारेक नजिकैको डाँडाबाट फाईरिङ तालिम सकेर फर्कदै गरेका थापाको माथिबाट लडेर आएको मुढा लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
मुढा लागेर घाइते भएका उनलाई उपचारका लागि दिपायलस्थित शैलेश्वरी अस्पताल पु¥याइएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको हो।
टाउकामा गम्भीर चोट लागेकाले बचाउन नसकिएको अस्पतालले जनाएको छ।