काठमाडौं। बाबार हायतको अर्धशतकप्रेरित चितवन राइनोजले आज पोखरा प्रिमियर लिग (पीपीएल)मा पोखरा पल्टनलाई ६ विकेटले पराजित गरेको छ।
हायतले ४२ बलमा ६ चौका र ४ छक्कासहित अविजित ६६ रन बनाएपछि १ सय ८ रनको लक्ष्य चितवनले १४.५ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो। त्यसअघि पोखरा रंगशालाको क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पोखराले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ७ रन बनाएको थियो।
चितवनले शुरूमै ओपनर अनिल शाहलाई गुमाएको थियो भने पाँचौं ओभरमा रोहन मुस्तफालाई गुमायो। सातौं ओभरको अन्तिम बलमा कप्तान पारस खड्का पनि पेभेलियन फर्किएपछि चितवन दबाबमा पर्यो। लगत्तै आरिफ शेखले पनि पेभेलियनको बाटो समाएपछि चितवन थप दबाबमा आयो।
तर, क्रिजमा रहेका हङकङका बाबर हायत र भारतका सन्नी पटेलले चितवनको उद्धार गरे। दुईले पाँचौं विकेटका लागि अविजित ५० रनको साझेदारी गर्दै चितवनलाई सहज जित दिलाए।
प्रतियोगितामा चितवनको यो पहिलो खेल हो। जितसँगै चितवनले प्रतियोगितामा सुखद शुरूआत गरेको छ। पोखराको यो दोस्रो खेल हो। यसअघि पोखराले पहिलो खेलमा काठमाडौं गोल्डेन्स वारियर्सलाई ९ विकेटले हराएको थियो।
चितवनविरुद्ध पोखराका रशिद खान र सरबजित लद्धाले समान २ विकेट लिए।
त्यसअघि कप्तान शरद भेषावकरको ४५ रन जोड्नुबाहेक पोखराका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। पहिलो खेलमा अविजित ६५ रन बनाएका कुशल भुर्तेल ५ रनमा पेभेलियन फर्किए। आरिफ शेख १० रनमा आउट हुँदा पहिलो खेलमा अविजित ३८ रन बनाएका रबिइन्दर सिंह पनि १० रनमै आउट भए।
कुशल मल्ल १३, विनोद भण्डारी सात र रोहितकुमार पौडेल शून्यमा पेभेलियन फर्किएपछि पोखराको ठूलो स्कोर बनाउने आश सकिएको थियो। कप्तान भेषावकरले ३९ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।
चितवनका सन्नी पटेल, रोहन मुस्तफा र भुवन कार्कीले समान २ विकेट लिए। करण केसी, बिक्रम सोब र पारस खड्काको नाममा १/१ विकेट रह्यो।