उषाकलाले के स्वेदशी रक्सीलाई ब्रान्ड बनाउलिन्?
<p>काठमाडौं। ‘स्वदेशी रक्सीलाई ब्राण्ड बनाएर देशलाई समृद्ध बनाउन सकिन्छ’ भनेपछि प्रदेश १ कि सांसद उषाकला राई गत साउनभर चर्चामा रहिन्। सञ्चार माध्यमहरूले पछ्याए पनि।</p>
<p>विदेशी रक्सीलाई ‘ब्याण्ड’ गर्नुपर्ने पनि उनको भनाइ थियो। उनै उषाकला आज प्रदेश १ सरकारको सामाजिक विकासमन्त्री बनिन्।</p>
<p>सामाजिक विकासमन्त्री भएपछि उठाएका एजेण्डा कार्यान्वयन गर्ने जिम्मेवारी उनको काँधमा छ। कार्यान्वयन गर्छिन् कि गर्दिनन् भन्ने हेर्न बाँकी छ।</p>
प्रतिक्रिया दिनुहोस्