जापानले एक अर्ब ८ करोडको स्वास्थ्य उपकरण उपलब्ध गराउने
<p>काठमाडौँ। जापान सरकारले नेपाललाई ९९ करोड ६० लाख जापानी यान (करिब एक अर्ब ८ करोड रूपैयाँ) बरारबको स्वास्थ्य उपकरण उपलब्ध गराउने भएको छ। </p>
<p>नसर्ने रोगको निदान र उपचारमा प्रयोग हुने ती स्वास्थ्य उपकरण वस्तुगत अनुदान सहायता स्वरूप स्वीकरण गर्ने निर्णय मन्त्रीपरिषद्को बैठकले गरेको छ। </p>
<p>जापानले प्रत्येक वर्ष नेपालका विभिन्न अस्पतालहरूलाई आवश्यक करोडौं रूपैयाँ बराबरका स्वास्थ्य उपकरण उपलब्ध गराउँदै आएको छ।</p>
प्रतिक्रिया दिनुहोस्