काठमाडौं। धनगढीमा हुने प्रथम सुदूरपश्चिम स्पोर्टस् अवार्डलाई केटीएम बाइकले साथ दिएको छ।

सुदूरपश्चिमको खेलकुदको विकास, विस्तार र सम्भावनाको खोजीसँगै खेलाडी प्रशिक्षक तथा खेलप्रेमीहरूको काममा उत्साह थप्नका लागि स्थापना भएको खेलकुद पत्रकार मञ्च कैलालीले १५ पुसमा आयोजना गर्ने प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डलाई सुदूरपश्चिमका लागि केटीएम बाइकको आधिकारिक विक्रेता वान स्टप अटोबाइल्सले साथ दिएको हो।

विभिन्न ६ वटा विधामा दिइने अवार्ड अन्तर्गतको वर्ष युवा खेलाडी विधालाई केटीएम बाइकले प्रायोजन गरेको हो। यो अवार्डको नाम केटीएम बाइक वर्ष युवा खेलाडी रहने भएको छ। विधा प्रायोजनका लागि सम्झौता समेत भएको छ।

सुदूरपश्चिमका लागि केटीएम बाइकको आधिकारिक विक्रेता वान स्टप अटोबाइल्सका प्रबन्ध निर्देशक अभियान खड्का र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सल्लाहकार दीपक उपाध्यायबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीलाई आगामी दिनमा देशको नाम अन्तराष्ट्रिय स्तरमा चिनाउन उत्प्रेरण प्रदान गर्नका लागि पहिलो पटक सुदूरपश्चिममा आयोजना हुन गइरहेको अवार्डलाई साथ दिएको वान स्टप अटोबाइल्सका प्रबन्ध निर्देशक खड्काले बताए।

सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाएर पदक जित्न सफल खेलाडी, प्रशिक्षक र खेलकुद क्षेत्रमा लागेकाहरूको योगदानलाई उचित कदर गर्न अवार्ड गर्न लागिएको सल्लाहकार बताए।

अवार्ड विभिन्न ६ विधामा दिइनेछ। वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष युवा खेलाडी, वर्ष प्रशिक्षक, स्पेशल अवार्ड र लाईफटाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने छ।

चार वटा विधामा तीन/तीन जनाको मनोनयन सार्वजनिक गरिनेछ भने स्पेशल अवार्ड र लाईफटाईम एचिभमेन्ट अवार्डको घोषणा कार्यक्रम आयोजना हुने दिनमा नै गरिनेछ।

चार वटा विधाका विजेतालाई नगद २५ हजार रूपैयाँसहित ट्रफी र मेडल प्रदान गरिनेछ भने स्पेशल अवार्ड र लाईफटाईम एचिभमेन्ट अवार्ड पाउनेलाई नगद १० हजार रूपैयाँसहित ट्रफी र मेडल प्रदान गरिने अवार्डका संयोजक प्रदिप पाठकले जानकारी दिए।

" /> काठमाडौं। धनगढीमा हुने प्रथम सुदूरपश्चिम स्पोर्टस् अवार्डलाई केटीएम बाइकले साथ दिएको छ।

"> प्रथम सुदूरपश्चिम स्पोर्टस् अवार्डलाई केटीएम बाइकको साथ: Dekhapadhi
प्रथम सुदूरपश्चिम स्पोर्टस् अवार्डलाई केटीएम बाइकको साथ

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्