कैलाली। एक महीनादेखी आंशिक बन्द रहेको धनगढी विमानस्थल आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ।
धावनमार्ग मर्मत-सम्भार र स्तर वृद्धिको काम गर्न १ मंसीरदेखि एक महीनाका लागि बन्द भएको थियो ।
विमानस्थल आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको धनगढी विमानस्थल प्रमुख तेजबहादुर बुढ्थापाले जानकारी दिए।
विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आएपछि धनगढीबाट हुने नियमित हवाई उडान पनि आजैदेखि नियमित भएका छन्। श्री एयरलाईन्स धनगढीका स्टेशन इन्चार्ज गजेन्द्र शाहीले विमानस्थल सञ्चालनमा आएसँगै नियमित उडान हुन थालेको बताए।
उनले आज धनगढीबाट पहिलो उडान बिहान सवा नौ बजे नै भएको बताए। यस्तै, दोस्रो उडान दिउँसो साढे २ बजे भएको छ। शाहीले भोलिदेखि दोस्रो उडान साविककै समय दिउँसो तीन बजेर २५ मिनेटमा हुने जानकारी दिए।
यसैगरी बुद्ध एयरलाईन्सका धनगढी स्टेशन इन्चार्ज बुद्धराम माझीले पनि आजदेखि नियमित उडान थालिएको जानकारी दिए।
उनले भोलि, २ पुस र पर्सी, ३ पुसमा पहिलो उडान दिउँसो १२ बजेर ५ मिनेट र दोस्रो उडान साँझ ५ बजेर ४५ मिनेटमा हुने बताए। तर, ४ पुसदेखि भने साविककै कार्यतालिका अनुसार बिहान १० बजेर ४० मिनेट र साँझ ५ बजेर ४५ मिनेटमा धनगढीबाट उडान भर्ने बताए।
यसअघि विमानस्थल एक महीनाका लागि दिउँसो ३ देखि बिहान ७ बजेसम्म बन्द भएको थियो।