कांग्रेस नेता सिंह र सिटौलाबीच भेटवार्ता
काठमाडौं। नेपाली कांग्रेसका पूर्व महामन्त्रीद्वय प्रकाशमानसिंह र कृष्णप्रसाद सिटौलाबीच भेटवार्ता चलिरहेको छ।

नेता सिंहको निवास चाक्सीबारी ठमेलमा जारी भेटवार्तामा पार्टीभित्रको गतिरोध अन्त्यका विषयमा छलफल केन्द्रीत रहेको जनाइएको छ।

भोलि, २ पुसमा बस्ने कांग्रेस केन्द्रीय समिति बैठकअघि सहमति जुटाउने प्रयासस्वरूप नेताहरूबीच छलफल भएको हो।

नेताहरूको विवादकै कारण कांग्रेस केन्द्रीय समितिको बैठक लामो समयदेखि प्रभावित हुँदै आएको छ। २९ मंसीरमा बसेको बैठक २ पुसम्मका लागि स्थगित भएको थियो। त्यसअघिका बैठक पनि प्रभावित बनेका थिए।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र सिटौला समूहले केन्द्रीय समिति बैठक वरिष्कार गर्दै आएका छन्।

सिंह र सिटौलाबीचको छलफलमा अहिले नेताहरू हृदयराम थानी र दिलेन्द्रप्रसाद बडु पनि पुगेका छन्।

नेता सिंहले आजै साँझसम्म कांग्रेस उपसभापति विमलेन्द्र निधिसँग छलफल गर्ने स्रोतले जनाएको छ।

कांग्रेसभित्रको विवादका कारण नेपाल विद्यार्थी संघ र तरुण दल नेतृत्वविहीन अवस्थामा पुगेका छन्। यी दुवै संगठनको कार्यकाल सकिएपनि अधिवेशन हुन सकेको छैन।

कांग्रेसले १४औं महाधिवेशनको तयारी समेत गरिरहेको छ। महाधिवेशन अघि नेविसंघ र तरुण दलमा कुन पक्षले नेतृत्व लिने भन्ने विषमा नेताहरू आन्तरिक तयारीमा जुटेका छन्।

संस्थापन पक्षले महाधिवेशनको मुखमा प्रभावशाली संगठन मानिएका नेविसंघ र तरुण दलको नेतृत्व गुमाउन चाहेको छैन भने संस्थापनइतर पक्षले यी संगठनको नेतृत्व लिएर कांग्रेस महाधिवेशन आफूअनुकूल बनाउन चाहान्छ।

नेताहरूको महाधिवेशन केन्द्रीत तयारीले कांग्रेस केन्द्रीय समिति बैठक त प्रभावित हुँदै आएको छ नै दुई प्रभावशाली संगठनसमेत नेतृत्वविहीन बन्न पुगेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्