जोशीको पार्थिव शरीरमा देउवाले ओढाए पार्टीको झण्डा
<p>काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वमन्त्री नवीन्द्रराज जोशीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिएका छन्।<br />
पार्टीका अन्य नेताहरूले पुष्पगुच्छा अर्पण गरे। जोशीको आजै पशुपतिमा अन्त्येष्टि गरिने भएको छ। फागुन १४ गते मस्तिष्कघात भएपछि नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको हिजो राति निधन भएको हो।</p>
प्रतिक्रिया दिनुहोस्