काठमाडौं। सन् २०१६ मा फ्रान्समा सम्पन्न यूरोपियन च्याम्पियनसिपमा दाजुभाई ग्रान्ट र टाउलेन्ट जाका दुई विपरित देश स्विट्जरल्यान्ड र अल्बानियाबाट खेलेको समाचार निकै चर्चित बनेको थियो।
अन्तर्राष्ट्रिय फुटबल र क्लब फुटबलमा सहोदर दाजुभाई सँगै एउटै टोलीबाट वा प्रतिस्पर्धी टोलीबाट मैदानमा खेलेको दृष्य नौलो होइन। अर्थात् दाईभाईले एउटै वा विपरित टोलीबाट प्रतिस्पर्धा गरेको दृष्य फुटबलमा सामान्य बनिसक्यो।
नेपालमै पनि दाजुभाई रञ्जन र अञ्जन बिष्ट कहिले सँगै त कहिले विपरित टोलीमा रहेर प्रतिस्पर्धा गरिरहेका छन्। तर, ३० मंसीरमा दशरथ रंगशालामा अलि बेग्लै दृष्य देखियो-सहोदर दाजुभाई सन्तोष र बालगोपाल साहुखलको।
राष्ट्रिय टोलीमै लामो समय बिताइसकेका फरवार्ड सन्तोष च्यासल युथ क्लबको सेतो र हरियो जर्सीमा विपक्षी संकटा क्लबका रक्षकलाई तसाईरहेका थिए। उनका दाजु बालगोपाल भने च्यासलकै ‘टच लाइन’मा उभिएर भाइलाई निर्देशन दिइरहेका थिए, प्रशिक्षकको भूमिकामा।
दशरथ रंगशालामा लिगको पुनरागमन हुँदा च्यासल र संकटाले पहिलो खेल खेले। च्यासलले २-० को नतिजा निकाल्दै तीन अंक जोड्यो। च्यासलका लागि दुवै गोल सन्तोषले गरे। यससँगै सन्तोषले ‘ए’ डिभिजन लिगमा प्रशिक्षकका रूपमा दाईको पहिलो खेललाई सुखद बनाइदिए।
“सन्तोष मेरो भाई हो, सानैदेखि म उसको मेन्टर पनि हुँ, हामी सँगै खेलेका पनि छौं”, खेलपछि हर्षित मुद्रामा देखिएका च्यासलका प्रशिक्षक बालगोपालले भने, “प्रशिक्षकका रूपमा आज मेरो पहिलो खेल थियो। राम्रो नतिजा आयो। त्यसमा दुवै गोल सन्तोषले गर्यो। अनि त मेरा लागि विशेष दिन भइहाल्यो। लिगका बाँकी खेलमा पनि उसले राम्रो गर्ने आशा छ।”
२०७२ सालको भूकम्पले दशरथ रंगशालालाई क्षतविक्षत बनाइदिएपछि झण्डै साढे चार वर्ष खेलकुदका लागि बिरानो ठाउँ बन्यो। भर्खरै सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग)सँगै दशरथ रंगशालामा फुटबल फर्किएको छ। खेलकुदको माहोल फर्किएको छ। त्यससँगै लामो समयपछि शहीद स्मारक ‘ए’ डिभिजन लिग पनि दशरथ रंगशाला फर्किएको छ।
भूकम्पअघि पनि साउखल दाजुभाईले रंगशालामा खेलेका थिए। कहिले एउटै टीमबाट त कहिले विपरित टोलीबाट। दाजुभाईले फुटबलमा व्यावसायिक करिअर शुरू गर्दा दुवै एउटै क्लब थ्रीस्टारमा थिए।
२०६० सालमा ‘ए’ डिभिजन लिगमा डेब्यू गरेका सन्तोषको फुटबल करिअरले उचाई लियो। घरेलु लिगका स्टार खेलाडी सन्तोषले राष्ट्रिय टोलीमा स्थान बनाए। तर, उनको राष्ट्रिय टोलीको यात्रा भने सोचेजस्तो सुखद बनेन।
राष्ट्रिय टोलीमा सन्त्तोषको उतारचढाव पनि आफ्नै खालको छ। कहिले आफ्नै कारण त कहिले अरूका कारण सन्तोष सधै राष्ट्रिय टोलीसँग निश्चित दूरीमा रहिरहे। टोलीमा परे पनि पहिलो रोजाइमा खेल्ने मौका कमै मात्र पाए। निरन्तर गोल गरिरहे पनि सन्तोष पहिलो रोजाइमा खासै परेनन्। बेन्चबाटै गएर भए पनि सन्तोषले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल उल्लेखनीय छन्।
दाई बालगोपालले भने आफ्नो फुटबल करिअर मध्यम खेलाडीको दर्जाबाट माथि उठ्ने संषर्घमै बिताए। यसै सिजनबाट च्यालसको नेतृत्व सम्हालेका बालगोपाल प्रशिक्षका रूपमा भने आफ्नो करिअर दमदार बनाउने योजनामा छन्। उनको महत्वकांक्षा नै छ- लिग उपाधि जित्ने।
बालगोपाल भन्छन्, “लक्ष्य उपाधि नै हो। हामीले अझैं लामो बाटो तय गर्नु छ। त्यहीअनुसार योजना बनाएका छौं। हरेक खेललाई उत्तिकै महत्वसाथ हेरेका छौं। एक-एक खेल जित्दै गयौं भने उपाधि जित्न गाह्रो पनि हुँदैन।”
बालगोपालले पहिलो खेलमै गत सिजनको उपविजेता संकटामाथि २-० को नतिजा निकालेर आफ्नो प्रभाव देखाइसकेका छन्। मैदानभित्र भाई सन्तोषको राम्रो साथ पनि मिलेको छ। चार दशकको उमेर छुने तरखरमा रहे पनि सन्तोषको प्रदर्शनमा कुनै कमी देखिन्नन।
बीचमा लिग नियमित नहुँदा सन्तोष सन् २०१५ मा जापान भासिएका थिए। संयोग नै मान्नुपर्छ, उनले त्यहाँ पनि फुटबललाई नै आफ्नो कर्म बनाउन पाए। जापानमा बस्दा गैरनाफामूलक संस्था एफसी रियालेमा बालबालिकालाई फुटबल सिकाउने सन्तोष त्यहाँको जे–८ लिगअन्तर्गत एसएस इजु क्लबबाट पनि खेल्छन्।
गत वर्ष दाई बालगोपाल र टीम व्यवस्थापक शंकरबीर व्यञ्जनकारको पहलमा सन्तोष लिग खेल्न नेपाल फर्किएका थिए। गत सिजन उनले ६ खेलमा ३ गोल गरे।
यस सिजन सन्तोषले आफूसँगै जापानका अन्य तीन खेलाडी पनि क्लबमा अनुबन्ध गराएका छन्। जापानी खेलाडी आएपछि टोली थप मजबुत बन्ने विश्वासमा छन्, प्रशिक्षक बालगोपाल।
“श्रम स्वीकृतिको प्रकृया पुरा नभएका कारण आज हामीले जापानी खेलाडीलाई खेलाउन पाएनौं, उनीहरू आएपछि हाम्रो रक्षापंक्ति थप बलियो बन्ने विश्वास छ”, संकटासँगको खेलपछि बालगोपालले भने।
त्यसो त च्यासलमा नेपालकै पनि नाम चलेका खेलाडी छन्। सुनिल बल, हेमन्त थापामगर, नितिन थापा, एलेन न्योपाने, अमिर श्रेष्ठ, गौरब बुढाथोकी जस्ता खेलाडी च्यासलसँग छन्।
थ्री स्टार, मध्यपुर थिमि, एनआरटी र मछिन्द्रबाट खेलेका बालगोपालले प्रशिक्षकका रूपमा खेलाडी भन्दा धेरै दबाब हुने अनुभव सुनाए।
“खेलाडीले आफ्नो प्रदर्शनमा मात्र ध्यान दिए पुग्थ्यो, प्रशिक्षकले सिंगो टोलीको प्रदर्शनमा ध्यान दिनुपर्छ, एउटै मात्रले नराम्रो खेल्यो भने त्यसको दबाब आफैमा आउनेरहेछ”, उनले भने, “शुरूमा निकै दबाव महशुस भए पनि जितेपछि खुशी लागेको छ।”
दाईको प्रशिक्षण करिअरलाई सघाउन सन्तोष समय निकालेर जापानबाट आएका हुन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले निकालेको खेल तालिकाअनुसार उनी जापानमा चाँजोपाँजो मिलाएर आएका हुन्। तर, एन्फाले लिग शुरू हुन नपाउँदै खेलतालिका परिवर्तन गरिसकेको छ। त्यहीकारण सन्तोषलाई पुरै खेल खेल्न पाउँदिन कि भन्ने अन्योल छ।
“एन्फाको तालिकाअनुसार मिलाएर आएँ, यो तालिका बिग्रियो भने पुरा लिग खेल्न पाउँदिन कि जस्तो लाग्छ”, सन्तोषले भने।
उमेर घर्किए पनि सन्तोषको प्रदर्शनमा कुनै कमी महशुस हुँदैन। उनको गति, छरितोपन, बलमाथिको नियन्त्रण र छरितो ‘मूभ’ले ३० मंसीरमा संकटाको रक्षापंक्तिलाई खेल अवधिभर दबाबमा राखिरह्यो।
सँधै फिट हुनुको रहस्य खोल्दै सन्तोषले थपे, “महत्वपूर्ण कुरा त मिहिनेत नै हो। मिहिनेत लगनशिलताका साथै खानामा ध्यान पुर्याएकाले फिट छु।”
जापानमा पनि फुटबलमै सक्रिय रहेका सन्तोषलाई नेपाली फुटबलको स्तर भने झन् झन् खस्केको महशुस हुन्छ।
भन्छन्, “लिग नियमित हुँदैन, खेलाडीले आफूलाई मेन्टेन गर्दैनन्, खेलका बेलामात्र अभ्यास गर्छन्, खानामा पनि ध्यान दिदैनन्। त्यसैले पहिलेभन्दा स्तर खस्किएको छ।”
" /> काठमाडौं। सन् २०१६ मा फ्रान्समा सम्पन्न यूरोपियन च्याम्पियनसिपमा दाजुभाई ग्रान्ट र टाउलेन्ट जाका दुई विपरित देश स्विट्जरल्यान्ड र अल्बानियाबाट खेलेको समाचार निकै चर्चित बनेको थियो।अन्तर्राष्ट्रिय फुटबल र क्लब फुटबलमा सहोदर दाजुभाई सँगै एउटै टोलीबाट वा प्रतिस्पर्धी टोलीबाट मैदानमा खेलेको दृष्य नौलो होइन। अर्थात् दाईभाईले एउटै वा विपरित टोलीबाट प्रतिस्पर्धा गरेको दृष्य फुटबलमा सामान्य बनिसक्यो।

">