कर्णाली प्रदेशका सातै जिल्लामा कोरोना अस्पताल <p>काठमाडौं। कर्णाली प्रदेश सरकारले सात जिल्लामा कोरोना अस्पताल र सबै नगर तथा गाउँपालिकामा उपचार केन्द्र राख्ने भएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापन केन्द्रको बैठकले जुम्ला, सुर्खेत र रुकुमपश्चिमको चौरजहारीमा शैयासहितको आईसीयू व्यवस्था गर्ने निर्णयसमेत गरेको छ।<br /> भारतलगायतका देशमा कोरोना संक्रमण बढ्दै गएकाले त्यसको असर नेपालमा पनि पर्न सक्ने हुँदा जाँच व्यवस्था गरिनेसमेत निर्णय गरिएको छ।(रासस)</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्