तीन किलो कोकिनसहित बोलिभियन नागरिक पक्राउ

काठमाडौं। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो कोकिनसहित एक बोलिभियन नागरिकलाई पक्राउ गरेको छ।

अवैध लागुऔषधसहित राहदानी नम्बर सीइ२८०७२ भएका हेर्रा अर्तेगा ओल्गालाई पक्राउ गरेको हो।

दुबईको उडानबाट काठमाडौं पुगेकी ती बोलिभियन महिलालाई अन्तर्राष्ट्रिय विमानस्थलस्थित लागुऔषध नियन्त्रण ब्यूरोको शाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

विमानस्थलको आगमन कक्षमा जाँच गर्ने क्रममा उक्त लागुऔषध प्रहरीले बरामद गरेको हो। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्