अध्यक्षको राजनीतिक प्रतिवेदन र महासचिवको विधान संशोधन प्रस्तावबारे नेकपा स्थायी समितिमा सदस्यहरुले धारणा राख्ने क्रम आज पनि जारी रह्यो। तेस्रो दिन स्थायी समिति सदस्य र दुई आमन्त्रित सदस्य गरी १४ जनाले आफ्नो धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार धारणा राख्ने सदस्यहरुले राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावलाई सकारात्मक भनेका छन्। सदस्यहरुले कतिपय विषयमा थप छलफलको आवश्यकता पनि औंल्याएका छन्।
अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोल, अन्तर्राष्ट्रिय परिस्थिति एकीकृत पार्टी सुदृढिकरण लगायतका सन्दर्भमा विभिन्न कोणबाट सुझाव र आलोचनात्मक टिप्पणी भएको पनि प्रवक्ता श्रेष्ठले बताए।
स्थायी समिति सदस्य भीम रावलले पार्टीलाई विधि र पद्दतिमा चलाउन सुझाएको बताए । "गुटउपगुट बनाउने विधि,पद्धती, प्रक्रिया कमजोर हुने अवस्थाबाट पार्टीले जनताका आकांक्षाहरु र राष्ट्रको आवश्यकता पूरा गर्न सक्दैन", रावलले अगाडि भने, "यो अवस्था अन्त्य हुनुपर्छ र आगामी केन्द्रीय बैठकमा त्यस सम्बन्धमा एकरुप भएर जानुपर्छ भन्ने सदस्यहरुको धारणा रह्यो।"
नेकपा स्थायी समितिको बैठक भोलि विहान ११ बजेपछि पुन: बस्ने छ।