चीनमा फेला पर्यो तीन हजार वर्ष पुरानो सुनको मास्क
<p>काठमाडौं। पुरातत्वविद्हरुले चीनको सिचुवान प्रान्तमा तीनहजार वर्ष पुरानो सुनको मास्क फेला पारेका छन्। सिचुवानको पुरातात्विक महत्वका स्थानहरुको उत्खनन् गर्ने क्रममा उक्त मास्क भेटिएको हो। <br />
मास्कको वजन २८० ग्राम छ। मास्कमा ८४ प्रतिशत सुन प्रयोग भएको पुरातत्वविद्हरुले बताएका छन्। मास्कले पुरानो सु राज्यका विषयमा धेरै जानकारी दिने बताइएको छ। सुहरुले ३१६ बीसीसम्म त्यहाँ राज्य गरेको अनुमान छ।</p>
प्रतिक्रिया दिनुहोस्