जनआन्दोलनका घाइते मुकेश कायस्थलाई ‘बनेपा तारा’
<p>काठमाडौं। जनआन्दोलन २०६२-६३ को घाइते मुकेश कायस्थलाई बनेपा नगरपालिकाले ‘बनेपा तारा’ सम्मान प्रदान गरेको छ। नगरपालिकाको ४०औं स्थापना दिवसका दिन उनलाई १० हजार राशिसहित सो सम्मान प्रदान गरिएको हो।<br />
बनेपाका स्थानीय कायस्थ २०६२ साल चैत २७ गते बनेपामा भएको आन्दोलनमा सहभागी हुँदा प्रहरीको गोली लागेर अचेत भएका थिए। उनी अहिले पनि उपचारमै छन्।(रासस)</p>
प्रतिक्रिया दिनुहोस्