म्यानमारमा ‘सामूहिक हत्या’ र रक्तपात रोक्न अन्तर्राष्ट्रिय समुदाय दबाब आह्वान <p>काठमाडौं। संयुक्त राष्ट्रसंघले म्यानमारमा सैनिक शासकले प्रजातन्त्र पक्षधर प्रदर्शनकारीको सामूहिक हत्या गरेको जनाउँदै रक्तपात रोक्न अन्तर्राष्ट्रिय समुदायलाई दबाब बढाउन आग्रह गरेको छ।<br /> शनिबार एकैदिन सुरक्षा फौजले ११४ जना प्रदर्शनकारीको हत्या गरेपछि म्यानमारका लागि राष्ट्रसंघका विशेष प्रतिनिधि टम एन्ड्रयूजले अन्तर्राष्ट्रिय समुदाय गुहारेका हुन्। भत्र्सना र निन्दाले मात्रै सैनिक शासकको दमन नरोकिने जनाउँदै एन्ड्रयुजले म्यानमारका जनतालाई विश्वभरबाट समर्थनको आवश्यकता रहेको बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्