कोल इन्डियाको उत्पादन घट्ने
<p>काठमाडौं। संसारको सबैभन्दा ठूलो कोइला उत्खनन् कम्पनी कोल इन्डियाको उत्पादन आर्थिक वर्ष २०२०÷२१मा घट्ने भएको छ। कम्पनीको उत्पादन ६० करोड टनभन्दा निकै घट्न सक्ने बताइएको छ।<br />
२०१९÷२० मा उत्पादन ६०.२ करोड टन थियो। कोरोना महामारीका कारण मागमा कमी आएकाले उत्खनन् घटाउनु परेको कम्पनीको भनाइ छ। महामारी नहुँदो हो त कम्पनीले उत्पादन वृद्धि गरेर ६३ देखि ६४ करोड टनको लक्ष्य लिएको थियो।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्