नेपाल र भुटानसँग सडकमार्गमार्फत् सीधा जोडिने बंगलादेशको चाहना
<p>काठमाडौं। बंगलादेशले नेपाल, बंगलादेश र थाइल्यान्डसँग सडकमार्गमार्फत् जोडिने विषयमा जोड दिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै बंगलादेश भ्रमण गर्दा बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले उक्त कुरा बताएको बंगलादेशका मिडियाले जनाएका छन्। <br />
“भारतको भूमि उपयोग गरेर नेपाल र भुटानसँग सीधा पहुँच बनाउन बंगलादेश चाहन्छ। यसैकारण हामीले भारतसँग केही नयाँ मार्ग उपयोग गर्न मागेका छौं,” बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमनले भने।</p>
प्रतिक्रिया दिनुहोस्