हिउँमा पुरिएर बझाङमा दुई जनाको मृत्यु

कैलाली। बझाङमा जडिबुटी संकलनका लागि गएका दुई जनाको हिउँमा पुरिएर मृत्यु भएको छ।

सुर्मा गाउँपालिका-१ बस्ने १८ वर्षिय कविराज बोहरा र १४ वर्षिय शहदेव बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गणेश बमले जानकारी दिए।

२५ मंसीरमा सुर्मा गाउँपालिकाको ओखल भन्ने ठाँउमा जडीबुटी संकलन गर्ने भन्दै गएका दुवै जनाको हिउँमा पुरिएर मृत्यु भएको हो।

जडीबुटी संकलन गर्न गएका दुवै जना घर नफर्किएपछि खोजी गर्दै जाँदा आज दुवै जना मृत अवस्थामा फेला परेको सुर्मा गाउँपालिकाका अध्यक्ष नरबहादुर बोहराले जानकारी दिएको प्रहरी नायव उपरीक्षक बमले देखापढीलाई बताए।

प्रतिक्रिया दिनुहोस्