साग पदक विजेता बास्केटबल खेलाडी सम्मानित
<p>काठमाडाैं। भंगालस्थित भ्याली पब्लिक स्कुलले १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत बास्केटबलमा पदक जित्न सफल आफ्ना पूर्व विद्यार्थी खेलाडीलाई नगदसहित सम्मान गरेको छ।</p>
<p>महीला टीमका तीन खेलाडी सम्मानित भएका हुन् । फुलकोर्टमा सहभागी प्रतीक्षा मगर, थ्री बाइ थ्रीमा सहभागी सोनी वाइबा र मिना गुरुङ सम्मानित भएका हुन् । महिलाको फुलकोर्टमा नेपाल दोश्रो तथा थ्री बाइ थ्रीमा तेश्रो भएको थियो। उनीहरूलाई जनही ८ हजार १ सय ५५ रुपैयाँ प्रदान गरिएकाे हाे।</p>
<p>भ्याली पब्लिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलबहादुर गुरुङ, भ्याली पब्लिकका संस्थापक प्रिन्सिपल कृष्ण अधिकारी, को–फाउन्डर सुनिता अधिकारी, समाजसेवी तारा पोखरेललगायतले उनीहरूलाई नगद र प्रशंसा पत्र प्रदान गरेका हुन्। उक्त अवसरमा पावर लिफ्टिङका च्याम्पियन अनुप कार्कीलाई पनि सम्मान गरिएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्