काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद (साग)का स्वर्ण विजेता खेलाडी आज पुरस्कृत भएका छन्।
स्वर्ण विजेतात्रय सनिल शाही (पुरुष ६० केजी), भुपेन्द्र थापा (पुरुष ६४ केजी) तथा मिनु गुरुङ (महिला ५४ केजी)ले स्वर्ण जितेका थिए। स्वर्ण विजेतालाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले तथा नेपाल बक्सिङ संघका पूर्वअध्यक्ष विष्णुगोपाल श्रेष्ठले व्यक्तिगत नगद पुरस्कार प्रदान गरे।
खेलाडीलाई अवालेले जनही १ लाख ५० हजार तथा श्रेष्ठले जनही ५० हजार रूपैयाँ नगद पुरस्कार प्रदान गरे। सातदोबाटोमा ६-१० डिसेम्बरमा भएको बक्सिङमा पुष्करराज पन्त, रामचन्द्र थापा मगर, ताराराम श्रेष्ठ र धनकुमार मैनालीले निर्णायकको भूमिका निर्वाह गरेका थिए।
सोही अवसरमा चीनको जिङयाङमा हुने एशियाली ग्रान्ड स्ल्याम बक्सिङ प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीलाई पनि बिदाइ गरियो।
२०-२१ डिसेम्बरमा हुने प्रतियोगिताको पुरुष ६४ केजीमा भुपेन्द्र थापा तथा महिला ५४ केजीमा मिनु गुरुङले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। प्रशिक्षकमा रमेश श्रेष्ठ र सुवर्ण सापकोटा तथा व्यवस्थापकमा शोभाजंग केसी रहेका छन्।
टोली भो,ि २ पुसमा चीन प्रस्थान गर्नेछ।
" /> काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद (साग)का स्वर्ण विजेता खेलाडी आज पुरस्कृत भएका छन्।स्वर्ण विजेतात्रय सनिल शाही (पुरुष ६० केजी), भुपेन्द्र थापा (पुरुष ६४ केजी) तथा मिनु गुरुङ (महिला ५४ केजी)ले स्वर्ण जितेका थिए। स्वर्ण विजेतालाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले तथा नेपाल बक्सिङ संघका पूर्वअध्यक्ष विष्णुगोपाल श्रेष्ठले व्यक्तिगत नगद पुरस्कार प्रदान गरे।

">