मौसममा तत्काल सुधार हुने देखिँदैन, सावधानी अपनाउनुस् : जल तथा मौसम विभाग
<p>काठमाडौं। जल तथा मौसम विभागले आगामी तीन दिनसम्म वायुमण्डल स्थिर रही हालको मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ । </p>
<p>न्यून वर्षा भई वायुमण्डल सुक्खा भएको अवस्थामा देशका विभिन्न ठाउँमा तुवाँलो लाग्नु सामान्य भए पनि चैत १३ गतेदेखि देशका धेरै स्थानमा असामान्य प्रकारको तुवाँलो लागेको विभागले उल्लेख गरेको छ ।</p>
<p>तुवाँलोका कारण आँखा पोल्ने र श्वासप्रश्वासमा हुने समस्याबाट बच्न आवश्यक कार्यबाहेक घरबाहिर ननिस्कन र निस्कनु परेमा मास्क लगाउन तथा आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अुनरोध गरेको छ ।<br />
</p>
प्रतिक्रिया दिनुहोस्