भारतीय महिला क्रिकेटकी कप्तान कोरोना संक्रमित <p>काठमाडौं। भारतीय महिला क्रिकेट टोलीका कप्तान हरमनप्रित कौर कोरोना संक्रमित भएकी छन्।&nbsp;</p> <p>पछिल्लो केहि दिनदेखि स्वास्थ्यमा असहजता भएपछि कोरोना परीक्षण गराएकी उनमा कोरोना पुष्टि भएको हो। कोरोना संक्रमित कौरले आफूलाई होम क्वारेन्टिनमा राखेकी छिन्।&nbsp;</p> <p>भारतमा यसअघि सचिन तेन्दुलकर, युसुफ पठान, सुब्रमन्यम बद्रीनाथ र इरफान पठान जस्ता स्टार क्रिकेटरहरुमा कोरोना पोजेटिभ पाईएको थियो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्