सडकमा अण्डा फुटाएर ‘बिचौलिय’विरुद्ध प्रदर्शन

चितवन। आपूर्तिकर्ताहररूले आफूखुशी अण्डाको मूल्य तय गरेको भन्दै अण्डा उत्पादक संघले आज भरतपुरको चौबिसकोठीमा अण्डा फोरेर प्रदर्शन गरेको छ।

अण्डा उत्पादक संघले तोकेको मूल्यभन्दा कम मूल्य राखी आपूर्तिकर्ताहरूले खरिद गर्ने गरेको र बिक्री गर्दा महँगोमा गरेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनअगाडि रहेको गेष्टहाउस चौरबाट शुरू भएको विरोध प्रदर्शन चौबिसकोठीमा पुगेर अण्डा फुटाएर टुङ्गिएको थियो।

नेपाल अण्डा उत्पादक संघ केन्द्रीय कार्यसमितिको आयोजनामा १५ पेटी अण्डा फोरेको अण्डा उत्पादक संघका केन्द्रीय कोषाध्यक्ष राजकुमार श्रेष्ठले बताए।

उनले बिचौलिया आफैंले अण्डाको मूल्य निर्धारण गरेर घटाएको र पाँचजना किसानलाई प्रहरीले पक्राउ गरेको विरोधमा सडकमै अण्डा नष्ट गरेको जानकारी दिए।

उनीहरूले जिल्ला प्रहरी कार्यालय परिसरअगाडि गेष्टहाउस चौरबाट चौबिसकोठीसम्म नाराबाजी गर्दै र्‍यलीसमेत निकालेका थिए।

चितवनमा करीब ४०० जना अण्डा उत्पादक किसान रहेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्