भारतमा टोयोटा कारको मूल्य बढ्दै
<p>काठमाडौं। भारतमा टोयोटा किर्लोस्कर मोटरले आफ्नो लाइनअपमा कारहरुको मूल्य वृद्धि हुने जानकारी दिएको छ।</p>
<p>अलगअलग मोडलका कारहरुको मूल्यवृद्धि भेरियन्टका आधारमा फरकफरक हुने बताए पनि कति प्रतिशत मूल्य बढ्ने भन्नेबारे कम्पनी मौन छ।</p>
<p>कच्चापदार्थको मूल्य बढेका कारण कारको भाउ बढाउनुपरेको कम्पनीको भनाइ छ। <br />
कम्पनीले सकेसम्म आफ्ना उत्पादनहरुको मूल्य बढाउने नखोजेको पनि बताएको छ। भारतमा अप्रिल १ तारिखदेखि नयाँ मूल्य लागू हुनेछ।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्