म्यानमारमा जारी मानवताविरुद्ध अपराधविरुद्ध राष्ट्रसंघ नेपाल कार्यालय अगाडि प्रदर्शन <p>काठमाडौं। मानव अधिकार तथा शान्ति समाजले म्यानमारमा भइरहेको मानवताविरुद्धको अपराधविरुद्ध राष्ट्रसंघ नेपाल कार्यालयअगाडि आज प्रदर्शन गरेको छ।&nbsp;</p> <p>म्यानमारमा जारी हत्या र दमनको विरोध एवं त्यस्तो हत्या र दमनलाई रोक्न संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायले प्रभावकारी कदम चाल्नुपर्छ भन्ने आग्रहसहित समाजले प्रदर्शन गरेको हो।</p> <p>प्रदर्शनमा म्यानमारमा भइरहेको मानवताविरुद्धको अपराधलाई अन्त्य गर्न समस्त विश्व एक भएर सामूहिक कदम चाल्न माग गरिएको थियो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्